Skip to main content

Posts

Showing posts from 2020

Interview with Mr. Sitaram Pandit, National President, Terai Kumhar Samaj-Nepal

माओवादी र सरकार बीच बि.सं.२०६२÷६३को आन्दोलन पश्चात भएको वृहत शान्ति सम्झौता पछी राष्ट्रिय राजनीतिको वृतमा जातीय मुद्दा सधैं चर्चामा रहदैं आएको छ । यसै सन्दर्भमा समाजसेवी, बुद्धिजीवी एवं तराई कुम्हार समाजका केन्द्रीय अध्यक्ष सिताराम पंडित ज्यूसँग न्यूज पोष्टका सम्पादक विनोद कुमार विश्वकर्मा ज्यूले गर्नु भएको कुराकानीको आधारमा प्रस्तुत भएका विचारहरु यस प्रकार रहेका छन् ।  (बि.सं.२०१८ साल पौष २८ गते महोत्तरी जिल्लाको सम्सी गाँउ वडा नं.६ मा जन्मिनु भएका सिताराम पंडित ज्यूले १५ बर्ष नेपाल सरकारको स्वास्थ्य सेवा अन्तर्गत सेवा पश्चात, विगत २५ बर्ष देखि त्रि.वि. शिक्षण अस्पतालको रेडियोलोजी विभागमा सिनियर टेक्निकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ । त्रि.वि. प्रजातन्त्रवादी कर्मचारी संघ, शिक्षण अस्पताल इकाएको ३ कार्यकाल अध्यक्ष रही सकनु भएको वहाँले नेपाल रेडयोलोजिकल सोसाईटीका राष्ट्रिय अध्यक्षको अनुभव  समेत संगालनु भएको छ ।) १. तराई कुम्हार समाज नेपाल के हो? नेपालमा भाँडाकुडाँ बनाउने जातिलाई सर्व प्रचलित भाषामा कुम्हार भनिन्छ जसलाई संस्कृतमा कुम्भकार भनिन्छ । नेपालका त्यह...